वीरगन्ज,०७ माघ । वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरूले क्याम्पस निजीकरण गर्ने प्रयासको विरोध गर्दै आन्दोलन सुरु गरेका छन्। विद्यार्थीहरूले सार्वजनिक क्याम्पसलाई निजी क्षेत्रको नियन्त्रणमा लैजाने प्रयास शिक्षा प्रणालीविरुद्ध हुने भएकाले त्यसलाई तत्काल रोक्न माग गरेका छन्।
उक्त प्रदर्शनमा विद्यार्थीहरूले व्यवस्थापन समितिविरुद्ध गम्भीर असन्तोष जनाएका छन् साथै आगामी दिनमा आफ्ना मागहरू पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया