वीरगञ्ज, १ माघ – जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता तथा पूर्वमन्त्री प्रदीप यादव केन्द्रीय समन्वय समितिको सदस्यमा मनोनित भएका छन्। पार्टी संगठन सुदृढीकरणका लागि उनलाई उक्त जिम्मेवारी दिइएको जसपा नेपालले जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा उनलाई यो जिम्मेवारी प्रदान गरिएको हो।
लोसपा र जसपाको एकीकरणपछि गठन भएको ४८ सदस्यीय केन्द्रीय समन्वय समितिमा प्रदीप यादवलाई पनि समावेश गरिएको छ।
यसैबीच, आज बसेको जसपा नेपालको केन्द्रीय समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा माघ ४ गते हुने राष्ट्रिय सभाको निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका विषयमा छलफल केन्द्रित भएको नेताहरूले बताएका छन्।
पार्टी अध्यक्ष उपेन्द्र यादव र संरक्षक महन्थ ठाकुरको विशेष उपस्थितिमा बैठक बसेको थियो।


प्रतिक्रिया