सभापति थापाको नेतृत्वमा पदाधिकारीहरू तथा कानुनविद्हरूसहितको टोली निर्वाचन आयोग पुगेर कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष निवेदन बुझाएको हो। टोलीले विशेष महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको जानकारी गराउँदै आयोगसँग विवरण अद्यावधिकका लागि सहयोगको अपेक्षा व्यक्त गरेको छ।
सभापति थापाले निर्वाचनको समय नजिकिँदै गएकाले पार्टीको विवरण समयमै अद्यावधिक हुनु आवश्यक रहेको उल्लेख गरे। उनले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन आयोजना गरी नयाँ नेतृत्व चयन गरिएको तथ्य आयोगलाई जानकारी गराएका छन्।
उनका अनुसार कांग्रेस विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन आयोजना गरिएको हो, जुन विधानको बाध्यकारी व्यवस्थाअन्तर्गत पर्छ। सोही व्यवस्था अनुसार सम्पन्न विशेष महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएकाले त्यसको अभिलेख निर्वाचन आयोगमा अद्यावधिक गरिनुपर्ने उनले बताएका छन्।
नेपाली कांग्रेसले आयोगमा बुझाएको निवेदनसँगै आवश्यक कागजात तथा कानुनी आधारसमेत प्रस्तुत गरेको जनाएको छ। अब निर्वाचन आयोगको निर्णयपछि पार्टीको केन्द्रीय नेतृत्व र संरचनासम्बन्धी विवरण औपचारिक रूपमा अद्यावधिक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया