वीरगन्ज :

गगन, विश्वप्रकाश र फरमुल्लाको नाम कांग्रेसको वेबसाइटबाट हटाइयो

श्रेणी : प्रदेश

4 days
Pradeep Sah
1.8kViews
1818 Shares

काठमाडौं,१ माघ। नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाको तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ । कांग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचित थापाको नाम र तस्बिर बिहीबार बिहान पार्टीको वेबसाइटबाट हटाएको हो ।

उनीसँगै अकां महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरको नाम पनि वेबसाइटबाट हटाइएको छ ।

भृकुटीमपण्डामा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट शर्मा उपसभापति र मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका थिए ।

त्यसअघि उनीहरूलाई बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्री थापासँगै ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *