वीरगन्ज :

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

श्रेणी : दुर्घटना

4 days
Pradeep Sah
3.0kViews
1206 Shares

सुनसरी,१ माघ – सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

विराटनगरबाट मार्बल बोकेर आज बिहान राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरी भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा पल्टिँदा भएको दुर्घटनामा तीनजना घाइते भएका छन् ।

मृत्युहुनेमा सुनसरी बर्जु वडा नम्बर १ का एकै बस्तीका पाँच जना रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु–१ का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको थियो ।

ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चार जना पछाडि पाँच जना रहेका थिए । यसमा पछाडि बसेका पाँचै जनाको मार्बलले किचेर मृत्यु भएको हो ।  क्याबिनमा बसेका तीन जना घाइतेको विराटनगर नसिंह होममा उपचार भइरहेको छ। चालक भने फरार रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *