वीरगन्ज :

नारायण श्रेष्ठलाई आदिवासी क्लस्टरबाट कांग्रेसले समानुपातिक उम्मेदवार बनायो

श्रेणी : प्रदेश

2 weeks
Pradeep Sah
2.6kViews
1292 Shares

काठमाडौं,१५ पुस । नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिक सांसदको उम्मेदवार सूचीमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई समेत स्थान दिएको छ।

भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको गोलीमा मृत्यु भएका धिरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरिएको हो।

नारायण श्रेष्ठ काठमाडौंका बासिन्दा हुन् र वर्तमानमा जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्। स्वास्थ्यको कारणले पूर्व अध्यक्ष भोजविक्रम थापाले राजीनामा दिएपछि श्रेष्ठ निर्विरोध रूपमा अध्यक्ष चयन भएका थिए। कांग्रेसले यस कदममार्फत सामाजिक न्याय र सहिद परिवारको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *