वीरगन्ज :

विन्दवासिनी मन्दिरको सार्वजनिक जग्गा संरक्षणका विषयमा छलफलबाट निकास दिन मेयर सिंहको निर्देशन

श्रेणी : धर्म संस्कृति

5 days
Pradeep Sah
2.8kViews
1156 Shares

वीरगन्ज,०८ पुस । वीरगन्ज महानगरपालिका वडा नम्बर १९ स्थित विन्दवासिनी माई मन्दिरसँग सम्बन्धित सार्वजनिक जग्गा–जमिनको संरक्षण र व्यवस्थापनका विषयमा महानगर प्रमुख राजेशमान सिंहले स्थानीयवासीसँग छलफल गरी कानुनी प्रक्रियामार्फत समाधान निकाल्न निर्देशन दिनुभएको छ।

वर्षौँदेखि मन्दिरको नाममा रहेको सार्वजनिक सम्पत्ति अनधिकृत रूपमा प्रयोग हुँदै आएको भन्दै मेयर सिंहले सार्वजनिक सम्पत्तिको संरक्षण अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले कुनै पनि किसिमको दुरुपयोग अन्त्य गर्दै प्रचलित कानुनअनुसार उचित निकास निकालिने स्पष्ट पार्नुभयो।

स्थानीयवासीसँग भएको छलफल कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल,वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठक, वडा नम्बर १९ का अध्यक्ष मुकेश चौरसिया, वडा सदस्य उपेन्द्र यादव र विनोद चौरसिया, महानगर प्रतिनिधि हरि पोखरेल, महानगर प्रहरी इन्चार्ज हरि भुषाल तथा स्थानीय अगुवाहरू सुरेन्द्र कलवार, अमित यादव, उपेन्द्र रायलगायतको उपस्थिति रहेको थियो।

छलफलमा सहभागीहरूले मन्दिरसँग सम्बन्धित सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सबै पक्षलाई स्वीकार्य हुने गरी कानुनी समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। महानगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *