वीरगन्ज :

चुनावपछिको युवा नेतृत्वले मात्र ल्याउन सक्छ परिवर्तन : मन्त्री गुप्ता

श्रेणी : खेलकुद

3 days
Pradeep Sah
1.8kViews
1902 Shares

जनकपुर,२२ मंसिर । सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले चुनावपछिको युवा नेतृत्वमा बन्ने सरकारबाट मात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ।

गृहजिल्ला सिराहा पुगेर मन्त्री गुप्ताले तीन वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चिसोबाट जोगाउन न्यानो ज्याकेट वितरण गर्नु भएको हो। उहाँले वर्तमान चुनावी सरकारको मुख्य काम चुनाव आयोजना गर्नु मात्रै रहेको र जनताको भावना अनुसार काम गर्न नसक्ने टिप्पणी गर्नुभयो।

मन्त्री गुप्ताले भन्नुभयो, “चुनावपछि युवाहरूको नेतृत्वमा सरकार बनाउनु आवश्यक छ। सुन्दर देश बनाउने सपना देखेका जेनजी लगायत सबै सहिदहरूको भावना अनुसार नै काम हुनेछ।”

लहान नगरपालिका वडा नम्बर १५ ढोडनास्थित राजदेवी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा कक्षा पाँचसम्मका ९५ जना बालबालिकालाई ज्याकेट वितरण गर्दै उहाँले सामुदायिक विद्यालयलाई सुरक्षित आवाससहितको प्राविधिक विद्यालयमा रूपान्तरण गर्ने, दलित तथा विपन्न समुदायको शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्ने र भ्रष्टाचारमुक्त देश बनाउने लक्ष्य रहेको बताउनुभयो।

फागुन २१ गते हुने चुनावमा युवा नेतृत्वहरूलाई चुन्न सबैसँग अपिल गर्दै मन्त्री गुप्ताले भन्नुभयो, “हामी केवल तस्बिर झुण्ड्याउन सरकारले गएको होइन, सुन्दर देश बनाउने सपना लिएर परिवर्तनको पक्षमा रहेको छौँ।”

सोभरस एक्सन नेपालले उपलब्ध गराएको तीन सय न्यानो ज्याकेट लहानका राजदेवी, भानु र जनता आधारभूत विद्यालयमा वितरण गरिएको थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *