वीरगन्ज :

पर्सामा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता, ४५८ जनाले गराए नाम दर्ता

श्रेणी : मधेस

10 hours
Pradeep Sah
2.5kViews
1790 Shares

बीरगन्ज,२२ असोज । सरकारले मतदाता सम्बन्धी नयाँ नियम लागू गरेपछि पर्सा जिल्लामा मतदाता नामावली दर्ता गर्ने नागरिकको उत्साह उल्लेखनीय रूपमा बढेको छ। जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार, असोज १० गतेदेखि सुरु भएको दर्ता प्रक्रियामा हालसम्म पर्सा जिल्लाका ४२४ जना र अन्य जिल्लाका ३४ जना गरी कुल ४५८ जनाले आफ्नो नाम दर्ता गराएका छन्।

जिल्ला निर्वाचन कार्यालयकी प्रमुख अनामिका रौनियारका अनुसार, दर्ता गराउनेमध्ये पर्साका २९९ जना पुरुष र १३५ जना महिला छन्। यस्तै, अन्य जिल्लाका २५ पुरुष र ९ महिलाले समेत नाम दर्ता गराएका छन्।
उनका अनुसार, हालसम्म ४४ जनाले व्यक्तिगत विवरण सच्याउन र ४२ जनाले मतदान केन्द्र परिवर्तन गर्न निवेदन दिएका छन्।

पर्सा जिल्लामा हालसम्म कुल ३ लाख ५७ हजार २३८ जना मतदाता रहेका छन्। तीमध्ये २ लाख १ हजार ७६५ जना पुरुष, १ लाख ५५ हजार ४५८ जना महिला तथा १५ जना अन्य छन्। यस्तै, केही मतदाताको निधन भइसकेकाले उनीहरूको नाम हटाउने प्रक्रिया समेत सँगसँगै चलिरहेको कार्यालयले जानकारी दिएको छ।

नयाँ नियमअनुसार नागरिकता प्राप्त गर्ने उमेर पुगेका र आवश्यक कागजातसहित आउने नागरिकले सहज रूपमा दर्ता गराउन सक्ने वातावरण बनाइएको कार्यालयले जनाएको छ। मतदाताको सहभागिता र अभिरुचिमा देखिएको यो वृद्धि आगामी निर्वाचनको दृष्टिले सकारात्मक संकेतको रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *