वीरगन्ज :

प्रहरीविरुद्ध फेसबुकमार्फत जथाभावी पोस्ट गर्ने व्यक्ती पक्राउ

श्रेणी : अपराध

10 months
Pradeep Sah
2.3kViews
1325 Shares

स्याङ्जा,,२२ असोज । स्याङ्जा प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीविरुद्ध अनर्गल, झुटो र कपोलकल्पित सामग्रीहरू पोस्ट गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, पुष्पकु नामको फेसबुक पेज सञ्चालन गर्दै फोटोसहित आपत्तिजनक विवरण पोस्ट गर्ने पुष्पक थापालाई पक्राउ गरिएको हो। ३३ वर्षीय थापा कास्कीको पोखरा महानगरपालिका–९ का बासिन्दा रहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक कमल नेपालीका अनुसार, थापालाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *