
श्रेणी : BANNER
1.8kViews
1756
Shares
वीरगंज, २१ असोज – वीरगंजको वसपार्क भानुचौकस्थित एक होटलमा मंगलबार बेलुका दुई जना मृत अवस्थामा फेला परेका छन्। भानुचौकमा रहेको होटल शाह पाराडाइजमा दुई जना पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार होटलमा पेश गरिएको विवरणअनुसार उनीहरू भारतीय नागरिक रहेका छन्। घटनाको विस्तृत विवरण आउन भने केही समय लाग्ने बताइएको छ।
पर्सा प्रहरीका अनुसार खबर पाउने बित्तिकै घटनास्थलमा प्रहरी टोली पुगेको र प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू भारतीय नागरिक हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
पर्सा प्रहरी प्रमुख सुदीप पाठकले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको बताउँदै, “विस्तृत विवरण आउन बाँकी रहेकाले अहिले केही भन्न सकिने अवस्था छैन,” भने।


प्रतिक्रिया