वीरगन्ज :

२१ फागुनमा प्रतिनिधिसभा चुनाव, प्रचारका लागि १५ दिन मात्र समय

श्रेणी : देश

2 days
Pradeep Sah
2.0kViews
1104 Shares

काठमाडाैं,२१ असोज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ। सोमबार बसेको आयोगको बैठकले निर्वाचन तयारीका सबै चरणसमेत समेटिएको विस्तृत तालिका स्वीकृत गरेको हो।

कार्यतालिका अनुसार राजनीतिक दलहरूले मंसिर १ देखि मंसिर १० गतेभित्र आयोगमा दल दर्ता गर्नुपर्नेछ। समानुपातिक प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय १५ मंसिरमा स्थापना हुने र १८ तथा १९ पुसमा बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ।

पहिलो-पास हुने प्रणालीका लागि भने माघ २ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। उम्मेदवारी मनोनयन, प्रतीक वितरणलगायतका चरणपछि फागुन ३ देखि १८ फागुनसम्म उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने व्यवस्था गरिएको छ। त्यसपछि प्रचार निषेध अवधि लागू हुनेछ।

निर्वाचन फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। दुवै प्रणालीका मतपेटिका संकलन भएपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ।

आयोगका अनुसार यसपालिको निर्वाचनमा निष्पक्षता, पारदर्शिता र समयपालनलाई उच्च प्राथमिकता दिइनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *