वीरगन्ज :

फेक अकाउन्टहरू बढेपछि प्रधानमन्त्री कार्कीको आधिकारिक फेसबुक पेज गायब

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.7kViews
1213 Shares

काठमाडौँ,२१ असाेज । प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक फेसबुक पेज सोमबार बेलुकादेखि अचानक नखुल्ने भएको छ। आइतबार मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त पेजलाई आधिकारिक भनेर सार्वजनिक गरेको थियो।

‘PM Sushlia Karki’ नामक आधिकारिक पेज आइतबारदेखि सञ्चालनमा आएको थियो। तर सोमबार बेलुकादेखि उक्त लिंक खोल्दा “यो सामग्री अहिले उपलब्ध छैन” भन्ने सन्देश देखिन थालेको छ।

प्रधानमन्त्रीको नाममा सामाजिक सञ्जालमा फेक अकाउन्टहरू तीव्र रूपमा बढेपछि आइतबार प्रधानमन्त्री कार्यालयले आधिकारिक अकाउन्टबारे सूचना जारी गरेको थियो। तर त्यसको भोलिपल्ट नै आधिकारिक पेज हराउँदा थप भ्रम सिर्जना भएको छ।

प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि महाशाखा हेर्ने सहसचिव सुवास ढकालले अकाउन्ट किन नखुलेको भन्नेबारे जानकारी नभएको बताउँदै भने, “मैले पनि बिहान सूचना पाएको थिएँ। सचिवज्यूसँग बुझ्ने तयारी गर्दैछु, अहिले ठ्याक्कै कारण थाहा छैन।”

त्यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले समस्याको समाधानका लागि विज्ञ टोली खटिएको जनाए। “फेसबुक पेजमा देखिएको प्राविधिक समस्या समाधान गर्न हाम्रो विज्ञ टिमले काम गरिरहेको छ,” उनले भने।

यसअघि प्रधानमन्त्रीको नाममा २९ भन्दा बढी फेक फेसबुक अकाउन्टहरू सञ्चालनमा रहेको पाइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *