वीरगन्ज :

राष्ट्र बैंकद्वारा १२ दिनका लागि ९० अर्ब रुपैयाँ संकलन गर्ने तयारीमा

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.8kViews
1036 Shares

काठमाडौं,२१ असाेज । बजारमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (मंगलबार) वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत १२ दिनका लागि उक्त रकम झिक्न लागेको हो।

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढ्दै गएपछि राष्ट्र बैंकले नियमित रूपमा तरलता व्यवस्थापनको कदम चाल्दै आएको छ। यसअघि पनि आइतबार र बुधबार राष्ट्र बैंकले बजारबाट रकम संकलन गरेको थियो।

गत साता दसैं बिदाका कारण संकलन प्रक्रिया रोकिएको थियो। बिदा सकिएर कार्यालय खुलेको पहिलो दिन मंगलबार नै राष्ट्र बैंकले पुनः ठूलो परिमाणमा रकम संकलन गर्न लागेको हो।

बैंक तथा वित्तीय संस्थालाई दिइएको सूचनाअनुसार आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल (auction) गर्न सकिनेछ। न्यूनतम १० करोड रुपैयाँ र अधिकतममा पाँच करोडका गुणकमा बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा सहभागी हुन पाउने छन्। यसरी खरिद गरिएका निक्षेप संकलन उपकरणहरू अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुनेछ र आवश्यक परे बहुब्याजदरका आधारमा पनि प्रस्ताव गर्न सकिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *