वीरगन्ज :

जितेन्द्र सोनलद्वारा एकवनिया र भलुही जोड्ने बगरी नदीको भत्किएको पुलको स्थलगत निरीक्षण

श्रेणी : मधेस

2 days
Pradeep Sah
2.7kViews
1779 Shares

बीरगन्ज, २१ असोज । बाराको फेटा गाउँपालिका–१ स्थित एकवनिया र भलुही जोड्ने बगरी नदीको पुल बाढीले भत्किएपछि मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मंगलबार घटनास्थलको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षण टोलीमा पूर्व वडाध्यक्ष जयप्रकाश दास, स्थानीय अगुवा मदन साहलगायत नेताहरू सहभागी थिए। अबिरल वर्षापछि आएको बाढीले पुलको पिलर र संरचना भत्किँदा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। पुल भत्किएपछि एकवनिया, भलुही र आसपासका बस्तीका बासिन्दा दैनिक यात्रामा ठूलो कठिनाइमा परेका छन्। विद्यार्थी, बिरामी र कृषकहरू विशेष गरी प्रभावित भएको स्थानीयहरूले बताएका छन्।

स्थलगत अवलोकनपछि नेता सोनलले बाढीपीडितहरूको समस्या सम्बोधनका लागि संघीय र प्रदेश सरकारसँग समन्वय गरी तत्काल मर्मत तथा पुनर्निर्माणको पहल गर्ने प्रतिबद्धता जनाए। उनले सम्बन्धित निकायलाई जनताको पीडा प्रति संवेदनशील हुन र आवश्यक कदम तुरुन्त चाल्न आग्रह गरे।

स्थानीयवासीहरूले पुलको दुरावस्थाबारे पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाउँदै अब स्थायी समाधान नै प्राथमिकता हुनुपर्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *