वीरगन्ज :

बीरगन्जको घडिअर्वा छठ पूजा समितिको नयाँ नेतृत्व चयन

श्रेणी : धर्म संस्कृति

7 months
Pradeep Sah
1.7kViews
1978 Shares

बीरगन्ज,०९ असोज । आउँदो छठ पर्वलाई लक्षित गर्दै बीरगन्ज–१० घडिअर्वा पोखरीमा नयाँ छठ पूजा व्यवस्थापन समिति गठन गरिएको छ।
बिहीबार सम्पन्न भेलाले राकेश साहलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा आत्माराम साह कानु, सचिवमा सन्तोष साह कानु, सहसचिवमा सौरभ साह र कोषाध्यक्षमा कन्हैया गुप्ता रहेका छन्।

यसैगरी, समितिमा प्रकाश सिंह, मुन्ना साह, बिदुर कलवार, शम्भु साह कानु, राकेश पाण्डे, उमाशंकर साह लगायत सदस्य चयन भएका छन्। वरिष्ठ सल्लाहकारमा राजेन्द्र साह, प्रमानन्द साह कानु, प्रमोद साह कानु, रामनगीना साह कानु, बाल्मिकी साह कानु, मदन प्रसाद कलवार, प्रेम साह कानु र हिरालाल साह कानु रहेका छन्। वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु पनि सल्लाहकारको भूमिकामा रहनेछन्।

निवर्तमान अध्यक्ष दिलिप साह कानुको अध्यक्षतामा बसेको भेलामा वडाध्यक्ष, स्थानीय क्लबका पदाधिकारी, पूर्वअध्यक्ष तथा युवाहरूको उपस्थिति थियो।

नवगठित समितिले पहिलो बैठकबाट उपसमिति गठन गरी छठ पूजाको तयारीलाई तीव्र पार्ने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *