श्रेणी : BANNER
काठमाडौं,०२ असोज । भक्तपुरको बाँसबारीकी ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा जन्मकैदको सजाय पाएका भारतीय नागरिक भोला कुमार सुन्धारा कारागारबाट फरार भएपछि भारतमा पक्राउ परेका छन्।
२४ भदौको जेन–जी आन्दोलनको अवसर पारी सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथ देवल) बाट हजारौँ कैदीबन्दीसँगै भोला पनि भागेका थिए। उनी सावित्रा भट्टराईको हत्या प्रकरणमा संलग्न भई दोषी ठहरिएका थिए।
२०७६ असार १५ मा आफ्नी छोरी इश्वरी भट्टराईको योजनामा सावित्राको हत्या भएको थियो। विवाहित इश्वरीले प्रेमी मोहम्मद नौसादसँगको विवाहबाहिरको सम्बन्ध लुकाउन आमाको हत्या गराउन १२ लाख रुपैयाँमा सुपारी दिएको अनुसन्धानमा खुलेको थियो। नौसादको संलग्नतामा भोला कुमार र रहिशले सावित्रालाई दिनदहाडै घाँटी रेती हत्या गरेका थिए।
उक्त प्रकरणपछि नौसाद, रहिश, भोला र छोरी इश्वरी सबै पक्राउ परेका थिए। अदालतले भोला कुमारलाई जन्मकैदको सजाय सुनाएको थियो। तर जेन(जी आन्दोलनको अराजक वातावरणमा उनी कारागारबाट भाग्न सफल भएका थिए।
फरार भएपछि भारत पुगेका भोला कुमारलाई त्यहाँको प्रहरीले प्रेमिका हत्याकाण्डकै आधारमा खोजी गर्दै दिल्लीमा पक्राउ गरेको हो। यस घटनाले सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएको छ भने सुन्धारा कारागारबाट भागेका अन्य फरार कैदीहरूको खोजीमा अझै चुनौती थपिएको देखिन्छ।
    
    
    
									
									
        
        
प्रतिक्रिया