वीरगन्ज :

भदौ २५ गतेदेखि बन्द रहेको मनकामना केबलकार पुनः सञ्चालनमा

श्रेणी : प्रदेश

6 months
Pradeep Sah
2.9kViews
1562 Shares

काठमाडौं,०२ असोज । जेनजी आन्दोलनका कारण एक सातादेखि अवरुद्ध भएको मनकामना केबलकार सेवा पुनः सुरु भएको छ। भदौ २५ गतेदेखि बन्द रहेको सेवा बुधबारदेखि नियमितरूपमा सञ्चालनमा आएको केबलकार कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख उज्वल शेरचनका अनुसार, सेवा बन्द रहँदा केबलकारको नियमित मर्मत–सम्भारको काम समेत गरिएको छ।

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने दर्शनार्थीका लागि सञ्चालनमा आएको यो नेपालकै पहिलो केबलकार हो। यसको प्रवेशद्वार चितवनको इच्छाकामना–४ मा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *