वीरगन्ज :

कारागारबाट भागेका १३ हजार मधे २ हजार पक्राउ

श्रेणी : BANNER

23 hours
Pradeep Sah
2.5kViews
1939 Shares

गत २४ गतेको प्रदर्शनपछि भड्किएको हिंसाको नाजायज लाभ उठाएर भागेका करिब २ हजार कैदीबन्दी विभिन्न स्थानबाट पक्राउ परेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसमध्ये केहीलाई स्थानीयले समाएर प्रहरी जिम्मा लगाएका हुन् । केही भने आफै सम्पर्क गरेर आएका छन् ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार केन्द्रीय कारागार सुन्धारा र नख्खु कारागारसिहत २६ कारागार/बन्दीगृहबाट १३ हजार ६१ कैदीबन्दी भागेका थिए । त्यसमध्ये २ हजार जना विभन्न स्थानबाट पक्राउ/नियन्त्रणमा लिइएको विभागले जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले भागेका कैदीबन्दीलाई सम्बन्धित कारागारमा फिर्ता हुन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *