
श्रेणी : मधेस
2.4kViews
1343
Shares
रौतहट,२७ भदौ । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बिहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म निषेधाज्ञा लागू हुने जानकारी दिएका छन्।
साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने छ। अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ः०० बजेदेखि ७ः०० बजेसम्म विशेष समय तोकिएको छ।
यस अवधिमा भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोष्टर–पर्चा जस्ता गतिविधि गर्न, शान्ति र व्यवस्था भंग गर्ने कुनै पनि काम गर्न, वा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन।


प्रतिक्रिया