वीरगन्ज :

युवाको माग संविधानमार्फत सम्बोधन गर्नुपर्छ : डा. कोइराला

श्रेणी : BANNER

8 months
Pradeep Sah
2.4kViews
1581 Shares

काठमाडौं,२७ भदौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले जेन–जी पुस्ताले उठाएका ‘भ्रष्टाचार र बेथिति’ सम्बन्धी माग संविधानमार्फत सम्बोधन गर्नुपर्ने बताएका छन्।

बिहीबार जारी विज्ञप्तिमा उनले आन्दोलनलाई समर्थन जनाउँदै भने, “लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार जायज मागहरूको समाधान हुनुपर्छ।” भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि गरेका छन्।

डा. कोइरालाले आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र व्यक्तिगत आक्रमणको विरोध गर्दै सबै पक्षबीच सहमति, सहकार्य र एकतामार्फत शान्तिपूर्ण समाधान खोज्न आग्रह गरे। उनले जेन–जी युवाहरू सकारात्मक भूमिकामा रहने विश्वास व्यक्त गर्दै भने, “६५ वर्ष लामो सङ्घर्षपछि प्राप्त संविधानकै आधारमा राजनीतिक यात्रा अघि बढाउनुपर्छ।”

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक समाधानका लागि देखाएको पहललाई उनले सराहना गर्दै त्यसमा सबैको साथ रहने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *