काठमाडौँ,२६ भदाै । जेनजीको एक समूह र राजनीतिक पार्टी सम्बद्ध विद्यार्थी संगठनबिच काठमाडौँमा झडप भएको छ।
त्रिचन्द्र क्याम्पस अगाडि संविधानको पक्षमा प्रदर्शन गरिरहेका विद्यार्थी संगठन र जेनजी समर्थक समूहबीच लफडा भएको प्रहरीले जनाएको छ। झडपपछि विद्यार्थीहरू त्यहाँबाट हिँडेका छन्।
प्रहरी र सुरक्षा निकायले घटनास्थलको निगरानी गर्दै थप अशान्ति हुन नदिन सतर्कता अपनाएको स्रोतले जनाएको छ।
प्रतिक्रिया