वीरगन्ज :

पर्साका सिडिओ सुवेदीलाई उच्च रक्तचापले स्वस्थ्यमा समस्या

श्रेणी : प्रदेश

3 days
Pradeep Sah
2.4kViews
1676 Shares

पर्सा, २५ भदौ । भदौ ४ गते मात्रै पर्सामा सरुवा भएका सहसचिव तोयनारायण सुवेदी जेनजी आन्दोलन चर्किँदा उच्च रक्तचापले (प्रेसर) स्वस्थ्यमा समस्या भएका छन्। उनलाई मंगलबार साँझ घण्टाघरस्थित नेपाली सेनाको ब्यारेकमा रातभर उपचार गरिएको छ।

उच्च स्रोतका अनुसार, आन्दोलन नियन्त्रणबाहिर गएपछि सुवेदीको स्वास्थ्य प्रतिकूल बनेको थियो। उपचारपछि उनको अवस्था सामान्य भएको जनाइएको छ।

सुवेदी पर्सामा सिडिओ बनेका थिए, जब गृहमन्त्री रमेश लेखकले एकसाथ २७ सिडिओको सरुवा गरेका थिए। उनी भदौ १० गते पत्रकारहरूसँग इमानदार ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यसपछि भदौ १४–१५ गते गृहमन्त्री लेखकले पर्सामा उनलाई भेटेर आतिथ्यता समेत दिएका थिए।

सुवेदीको जिल्लामा गृहमन्त्रीको उपस्थितिसँगै हैजा नियन्त्रण मात्र नभएर अन्य प्रशासनिक विषय पनि छलफलमा रहेको अनुमान गरिएको थियो।

गृहमन्त्री रमेश लेखकले भदौ २३ गते राजीनामा दिएपछि पनि पर्सामा आन्दोलन चर्किँदा जिल्ला कमाण्डरको रूपमा सुवेदीलाई सेनाको ब्यारेकमै उपचार गर्नु परेको स्थानीय स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *