वीरगन्ज :

गृहमन्त्री लेखकद्वारा बीरगन्जमा हैजा संक्रमितसँग भेटघाट

श्रेणी : प्रदेश

4 hours
Pradeep Sah
1.8kViews
1772 Shares

बीरगन्ज,१५ भदाै । पर्सामा फैलिएको हैजा महामारीबीच गृहमन्त्री रमेश लेखक आज बिहान संक्रमित बिरामीसँग प्रत्यक्ष भेटघाट गरेका छन्।

हिजो बीरगन्ज आइपुगेका उनले नारायणी अस्पताल निरीक्षण गरेपछि आज बिहान बीरगन्ज हेल्थ केयर र तराई अस्पताल पुगेका हुन्। त्यहाँ उपचाररत हैजा तथा झाडापखालाका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले आवश्यक सबै सहयोग गर्ने आश्वासन दिएका छन्।

गृहमन्त्री लेखकले इमरजेन्सी वार्ड, आइसियु र सामान्य वार्डमा उपचाररत बिरामीहरूसँग कुरा गर्दै सरकार महामारी नियन्त्रणमा पूर्ण रूपमा संलग्न रहेको बताए। भेटघाटका क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया पनि सहभागी थिए।

जनस्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा हालसम्म १५९ जनामा हैजा पुष्टि भइसकेको छ। तीमध्ये ११२ जना निको भएर घर फर्किएका छन् भने हाल विभिन्न अस्पतालमा ४७ जना मात्र उपचाररत छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *