वीरगन्ज :

श्री नेपाल राष्ट्रिय माविमा तीजको अवसरमा सांस्कृतिक महोत्सव

श्रेणी : धर्म संस्कृति

2 months
Pradeep Sah
2.3kViews
1170 Shares

बीरगन्ज,०९ भदौ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवा बिर्तामा हरितालिका तीजको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेपाली संस्कृतिको संरक्षण र विद्यार्थीमा सिर्जनशीलता विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खेमराज चौधरी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमको सुरुमा अतिथिहरूलाई स्वागत गर्दै तीजको ऐतिहासिक र सांस्कृतिक महत्वबारे संक्षिप्त मन्तव्य प्रस्तुत गरिएको थियो। त्यसपछि विद्यार्थीहरूले तीज गीत, नृत्य, कविता वाचन र अभिनयजस्ता विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए।

सांस्कृतिक प्रतियोगिताको रूपमा आयोजना गरिएको कार्यक्रममा सहभागी विद्यार्थीहरूको प्रस्तुति निर्णायक मण्डलले मूल्यांकन गरी उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो। विजेताहरूलाई प्रमुख अतिथि चौधरीले सम्मानित गर्नुभएको थियो।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय समाजसेवीहरूको सक्रिय उपस्थिति रहेको थियो। साथै विद्यालय परिवारले सबै शिक्षक र कर्मचारीहरूलाई ‘दर’ खुवाएर तीजको उल्लास थप रंगीन बनाएको थियो।

समापन मन्तव्यमा प्रधानाध्यापक चौधरीले यस्ता गतिविधिहरूले विद्यार्थीहरूमा नेपाली संस्कृतिप्रतिको सम्मान जागृत गराउने र सिर्जनशील क्षमता अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *