वीरगन्ज :

सशस्त्र प्रहरीले खेतबाट लाखौंको अवैध सुर्ती बरामद

श्रेणी : BANNER

10 months
Pradeep Sah
3.0kViews
1550 Shares

रौतहट,०९ भदौ । रौतहटको ईशनाथ नगरपालिका–४ मठिया गाउँ नजिकै सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सुर्ती बरामद गरेको छ।

विशेष सूचनाका आधारमा आइतबार राति पौने १२ बजे सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतको नेतृत्वमा औरैयास्थित बीओपीका इञ्चार्ज इन्स्पेक्टर खेमराज जोशीसहितको टोलीले खोजतलासी सञ्चालन गरेको थियो।

खोजतलासीका क्रममा चुमन मियाको धानखेतमा लुकाइराखिएको ३० बोरा (करिब ७४५ केजी) सुर्ती तथा सुर्तिजन्य पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। बरामद गरिएको सुर्तीको मूल्य करिब ३ लाख ६२ हजार ७५० रुपैयाँ बराबर हुने अनुमान गरिएको छ।

सशस्त्र प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामग्री गौर भन्सार कार्यालयमा बुझाएको छ।

रौतहट, बारा, पर्सा, सर्लाहीलगायतका तराई–मधेसका सीमावर्ती क्षेत्र अवैध सुर्ती, मदिरा र अन्य उपभोग्य वस्तुहरूको भण्डारण र तस्करीका लागि संवेदनशील मानिन्छन्। भारतीय बजार नजिकै भएकाले सस्तोमा सामान भित्र्याई नेपालमा बिक्री गर्ने कार्य बढ्दो क्रममा छ।

पटक–पटक ठूलो परिमाणमा सुर्ती बरामद भइरहनु सीमामा अझ कडाइका साथ निगरानी र नियन्त्रण आवश्यक रहेको स्पष्ट संकेत भएको सुरक्षाकर्मीहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *