वीरगन्ज :

रवि लामिछानेको पक्षमा रास्वपाको अभियान लाखौँ हस्ताक्षर, लाखौँ जनसमर्थन

श्रेणी : BANNER

10 months
Pradeep Sah
3.1kViews
1189 Shares

बीरगन्ज,०५ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेविरुद्ध भइरहेको ‘राजनीतिक प्रतिशोध’ को विरोधमा सञ्चालन गरेको अभियानले ठूलो जनसमर्थन पाएको दाबी गरेको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार देशभर चलिरहेको हस्ताक्षर संकलन अभियानमा हालसम्म ३४ लाखभन्दा बढी नागरिकले हस्ताक्षर गरेका छन्। साथै, समर्थकहरूबाट ६५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग पनि संकलन भएको उनले जानकारी दिए।

यो अभियान असार ७ गतेदेखि सुरु भएको हो। हाल कञ्चनपुरदेखि अन्य जिल्लासम्म विस्तार गरिएको अभियानको नेतृत्व पार्टी सचिवालय सदस्य दीपक बोहराले गरिरहेका छन्। रास्वपाले उक्त अभियान लामिछानेविरुद्धका गतिविधि रोक्न दबाब सिर्जना गर्ने उद्देश्यसहित अघि बढाइएको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *