
श्रेणी : BANNER
जनकपुर,०४ भदाै । धनुषाको बटेश्वर गाउँपालिकाका कर्मचारीहरू अनिश्चिकालीन धर्नामा बसेको छ ।
कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गर्नेलाई कारबाही गर्दै स्वास्थ्यका कर्मचारी धर्ना बसेका हुन् । गत साउन २३ गते बटेश्वर गाउँपालिका–५ शान्तिपुर स्वास्थ्य चौकीमा कार्यरत सुनिता सिंहमाथि स्थानीय दारा सिंह, अली हुसैन र रवि मण्डलले हातपात गरेको आरोप छ ।
सो घटनापश्चात अंकित सिंह र हुसैनले धम्की पनि दिएका कर्मचारीहरूले जिल्ला प्रशसन कार्यालय धनुषामा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सोही घटनामा तीन बुँदे माग राख्दै गाउँपालिकाका सर्म्पूण स्वास्थ्यका कर्मचारी गत सोमबारदेखि अनिश्चितकालीन धर्नामा बसेको शान्तिपुर स्वास्थ्य चौकीका इन्चार्ज राजकुमार महताले जानकारी दिए ।
कर्मचारीहरूले हातपात गर्नेमाथि कारबाही गर्नुपर्ने, सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र भयरहित वातावरणमा काम गर्न पाउनु पर्ने उनले माग गरे । उनका अनुसार शान्तिपुर स्वास्थ्य चौकीको मूल ढोकामै रहेको पिपलको बोट सार्ने विषयमा विमति भएको थियो । कर्मचारीहरूले पालिकासँग सहमति लिएर उक्त पिपलको बोट सार्न खोज्दा आरोपितहरू आएर हातपात गरेका थिए ।
कर्मचारीहरूले धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र जिल्ला प्रहरी कार्यालय धनुषामा समेत ध्यानाकर्षण गराएका थिए ।


प्रतिक्रिया