
श्रेणी : BANNER
जनकपुर,०१ भदौ । सामूहिक बलात्कारको आरोपमा धनुषाका अधिवक्ता प्रमोद कुमार राय पक्राउ परेका छन्। उनलाई शुक्रबार काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिएर शनिबार धनुषा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
अधिवक्ता रायसहित तीन जनामाथि धनुषाकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा गत साता इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा जाहेरी दर्ता भएको थियो। प्रहरीका अनुसार घटना २०८१ साल माघ १२ गते बिहानको हो।
जाहेरीअनुसार कुहिरो लागेको बिहानको समयमा अधिवक्ता रायसहितको समूहले जबर्जस्ती करणी गरेको पीडितले उल्लेख गरेकी छन्। प्रारम्भमा पीडितले दिएको उजुरी इलाका प्रहरी कार्यालयमा दर्ता नभएपछि उच्च अदालतमार्फत परमादेश ल्याउनुपरेको थियो। त्यसपछि मात्रै प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको हो।


प्रतिक्रिया