वीरगन्ज :

जनकपुरमा वकिलद्वारा पत्रकारमाथि आक्रमण, विरोधमा प्रदर्शन तयारी

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
2.1kViews
1133 Shares

जनकपुर,०१ भदौ । जनकपुरधाममा वकिलहरूको समूहले पत्रकारमाथि सामूहिक आक्रमण गरेपछि मधेश प्रदेशका पत्रकारहरू आन्दोलित भएका छन्। साउन २७ गते नेपाल बार एसोसिएशन जनकपुरका केही वकिलहरूले घेराबन्दी गर्दै पत्रकारमाथि हातपात गर्दा ६ जना पत्रकार घाइते भएका थिए।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले घटनाको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गरे पनि कानुनी कारबाही अझै अगाडि नबढेको भन्दै आपत्ति जनाएको छ। यसै घटनाविरुद्ध आगामी भदौ १ गते आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पत्रकार संगठनहरूले संयुक्त रूपमा प्रदर्शन र धर्ना गर्ने घोषणा गरेका छन्। आन्दोलनको नेतृत्व नेपाल पत्रकार महासंघ धनुषा शाखाले गर्नेछ। महासंघले सम्पूर्ण पत्रकारलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

घटना गुठी संस्थानसँगको कानुनी सम्झौताअनुसार प्राप्त जग्गामा बार एसोसिएशनले अवैध पार्किङ बनाउन खोज्दा सुरु भएको थियो। सो क्रममा जग्गा संरक्षणका लागि पत्रकारहरूले विरोध जनाउँदा वकिलहरूले आक्रमण गरेको बताइएको छ।

घाइते पत्रकारमध्ये महासंघका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको छ, अनिल कुमार निरालाको आँखामा चोट लागेको छ भने दिवाकर राईको टाउकोमा गम्भीर चोट लागेको छ। उपाध्यक्ष ज्योति झा र पत्रकार बिनीता यादवमाथि भने लैङ्गिक संवेदनशीलता बेवास्ता गर्दै आपत्तिजनक व्यवहार गरिएको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *