वीरगन्ज :

कलैया उपमहानगरपालिकाले एचआईभी पिडितका लागि स्याहार केन्द्र स्थापना गर्ने प्रतिबद्धता

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
1.9kViews
1377 Shares

कलैया, २६ साउन । कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद साहले जिल्लामा रहेका एचआईभी (एड्स) पिडितहरूको उचित उपचार र स्याहारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महिला कानुन र विकास मंचले सोमबार कलैयामा आयोजना गरेको ‘एचआईभी संक्रमितहरूको सामाजिक सुरक्षा सम्बन्धी कार्यविधि २०८२’ विषयक छलफल कार्यक्रममा प्रमुख साहले क्राइसिस रिस्पोन्स सेन्टर (सिआरसी) स्थापना गर्न उपमहानगरपालिकाले पहल गर्ने बताए। उनले यसबाट वर्षेनी हुने एचआईभी संक्रमितको मृत्यु दर घटाउने लक्ष्य राखिएको उल्लेख गरे।

कार्यक्रममा फिल्ड सुपरभाइजर हुसेन अंसारीले बारा जिल्लामा वार्षिक २० देखि ४० जनासम्म एचआईभी संक्रमितको मृत्यु हुने जानकारी दिए भने नेशनल कोअर्डिनेटर सजना अधिकारीले दातृ निकाय र स्थानीय तहको सहयोगमा एड्स पीडितलाई नियमित उपचार, राहत र स्याहार प्रदान गर्न परियोजना संचालन भइरहेको बताए।

उपप्रमुख रौशन प्रविन, प्रोजेक्ट अफिसर रिता गुरुङ्ग लगायत सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा नगर प्रमुख साह संरक्षक र उपप्रमुख प्रविन संयोजक रहने गरी ११ सदस्यीय समिति पनि गठन गरिएको छ।

यस कदमले एचआईभी पिडितहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *