वीरगन्ज :

भदौं दोस्रो हप्तादेखि फेरि आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

श्रेणी : प्रदेश

2 days
Pradeep Sah
2.6kViews
1128 Shares

काठमाडौं,२३ साउन । नेपाल शिक्षक महासंघले सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै भदौंको दोस्रो हप्तादेखि पुनः आन्दोलनमा जाने घोषणा गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार, विद्यालय शिक्षा ऐन तोकिएको मितिमा नआएको भन्दै बिहीबार बसेको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो। “सरकारले समयमा ऐन जारी गरेन, हामी बाध्य भएर फेरि आन्दोलनको बाटो रोज्नुपरेको हो,” अध्यक्ष सुवेदीले बताए।

उनका अनुसार आन्दोलनका कार्यक्रमहरूको विस्तृत रूपरेखा महासंघको आन्दोलन परिचालन समितिले तयार गर्नेछ भने राष्ट्रिय समितिले त्यसलाई अनुमोदन गर्नेछ। त्यसका लागि भदौं ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण बैठक बोलाइएको छ।

अध्यक्ष सुवेदीले शिक्षा समितिमा विधेयकको अवस्था बारे आफूलाई जानकारी नभएको बताए। “प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै त्यसले समेटेका विषयहरूको मूल्यांकन गर्नेछौं,” उनले भने।

यसअघि पनि महासंघले गत चैत २० देखि देशभरका सामुदायिक विद्यालयका शिक्षकलाई काठमाडौंमा जम्मा गरी २९ दिने शैक्षिक हड्तालसहितको आन्दोलन सञ्चालन गरेको थियो। सरकारले सहमति गरेपछि आन्दोलन स्थगित गरिएको थियो। तर, शिक्षा ऐन समयमै नआएको भन्दै महासंघ फेरि सडक आन्दोलनमा उत्रन लागेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *