वीरगन्ज :

सरकारसँगको १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

श्रेणी : BANNER

2 years
birgunj report
13Views
0 Shares

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसीले अनसन तोडेका छन्। चिकित्सा शिक्षा सुधारको माग गर्दै १३ दिनदेखि अनसनरत डा. केसी र सरकारबीच १० बुँदे सहमति भएको छ। सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरी र अर्मन अंसारीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् ।

डा. केसी र सरकारबीच साझा समझदारी भएपछि सहमति भएको छ। सरकारी वार्ता टोली र डा.केसीले सहमतिमा हस्ताक्षर गरेका छन्। डा. केसीले भदौ २७ गतेबाट धनगढीमा अनसन सुरु गरेका थिए। उनी पछिल्लो तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत थिए । तोकिएको दरबन्दीअनुसार चिकित्सक खटाउने सहमति भएको छ।

यस्तै स्थानीय तहले निःशुल्क खरिद गर्नुपर्ने औषधिहरू प्रकृया पुर्याएर खरिद गर्ने विषयमा पनि सहमति भएको छ। कैलालीको गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कार्य अघि बढाउने विषयमा समेत सहमति भएको छ ।

देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने, जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तारोन्नति र गुणस्तरको वृद्धि सुनिश्चित गरिनुपर्ने, संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने लगायत माग अघि सार्दै डा.केसी अनसन बसेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *