
श्रेणी : प्रदेश
काठमाडौँ,२० साउन । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले बहुविवाहलाई कानुनी मान्यता दिन खोजेको भन्दै कडा आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले देवानी संहिता २०७४ को धारा १७५ संशोधन गरेर बहुविवाहलाई वैधानिक बनाउने सरकारको तयारी संविधान र अन्तर्राष्ट्रिय सन्धिको विरुद्ध भएको बताइन्।
उनले भनिन्, “महिला अधिकार, जनआन्दोलन, जनयुद्ध र लामो संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि सरकार आफैंले प्रहार गरिरहेको छ। यो महाप्रतिगमन हो, जसको म घोर विरोध गर्छु।”
शर्माले यस्तो प्रतिगमनकारी विधेयक अघि नबढाउन सरकारलाई चेतावनी दिँदै संविधानमा सुनिश्चित गरिएका महिला अधिकारहरू रक्षा गर्न आग्रह गरिन्। साथै उनले प्रतिगमनको कुनै पनि प्रयासलाई स्वीकार गर्न नसकिने स्पष्ट पारिन्।


प्रतिक्रिया