वीरगन्ज :

सांसद अमरेशकुमार सिंहद्वारा रवि लामिछानेको समर्थनमा हस्ताक्षर

श्रेणी : BANNER

12 hours
Pradeep Sah
3.0kViews
1813 Shares

काठमाडौं,११ साउन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) सभापति रवि लामिछानेको पक्षमा खुला समर्थन जनाएका छन्। सर्वोच्च अदालतले लामिछानेलाई थुनामै राख्ने निर्णय सुनाएको केही दिनमै सांसद सिंहले हस्ताक्षर गर्दै लामिछानेप्रति ऐक्यबद्धता प्रकट गरेका हुन्।

सिंहले काठमाडौंको बनस्थलीस्थित घण्टाघरमा पुगेर लामिछानेको पक्षमा हस्ताक्षर गरेका थिए। सो अवसरमा उनले ठूला राजनीतिक दलहरूकै कारण मुलुक तीन दशकदेखि आर्थिक समस्यामा फसेको टिप्पणी गरे।

उनले भने, “रवि लामिछाने राजनीतिमा आएका जम्मा तीन वर्ष भयो। तर भ्रष्टाचारका जरा देशभर फैलिएका छन्। वाइडबडी विमान खरिद होस् वा नक्कली भुटानी शरणार्थी प्रकरण—ती ठूला प्रकरणहरूमा आजसम्म निष्पक्ष छानबिन भएको छैन।”

सांसद सिंहले लामिछानेविरुद्धको मुद्दामा राजनीतिक प्रेरणा रहेको आशंका समेत व्यक्त गर्दै न्यायिक प्रक्रियामा पनि राजनीतिक प्रभाव देखिएको दाबी गरे। “सस्तो लोकप्रियता हैन, सत्यको पक्षमा उभिनु अहिलेको आवश्यकता हो,” उनले भने।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि लामिछानेको पक्षमा विभिन्न सार्वजनिक कार्यक्रम तथा समर्थन हस्ताक्षर संकलन जारी राखेको छ। पार्टीले सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म कानुनी प्रक्रिया अनुसार अघि बढ्ने बताउँदै लामिछानेमाथिको मुद्दालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *