वीरगन्ज :

बीरगन्जका विद्यालयमा साउन १३ देखि ३० सम्म वर्षे बिदा

श्रेणी : BANNER

9 months
Pradeep Sah
3.0kViews
1450 Shares

बीरगन्ज,०७ साउन। बीरगन्ज महानगरपालिकाभित्रका सबै विद्यालयहरू साउन १३ गतेदेखि ३० गतेसम्म वर्षे बिदामा रहने भएका छन्।

महानगरले मंगलबार सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो। यसअघि शैक्षिक क्यालेन्डरअनुसार साउन १३ देखि भदौ ६ गतेसम्म वर्षे बिदा तय गरिएको थियो। तर यस वर्ष गर्मी बिदा पहिल्यै दिइएको कारण समायोजन गर्दै साउन १३ देखि ३० गतेसम्म मात्र बिदा दिने निर्णय गरिएको हो।

महानगरले जारी गरेको सूचनामा भनिएको छ, “गर्मी बिदा पहिले नै दिइएकाले वर्षे बिदामा कटौती गरी साउन १३ देखि ३० गतेसम्म बिदा दिइने निर्णय गरिएको छ।”

अब विद्यालयहरू भदौ १ गतेदेखि पुनः सञ्चालनमा आउने महानगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *