वीरगन्ज :

मधेस प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.6kViews
1601 Shares

बीरगन्ज,०७ साउन । संघीय सरकारले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले खडेरीका कारण खानेपानी र सिचाइको समस्या गम्भीर बन्दै गएपछि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

पर्सा, बारा लगायत मधेसका जिल्लामा लामो समयदेखि खडेरी परिरहेको छ। चापाकलहरू सुक्न थालेका छन् र खानेपानीको हाहाकार भएको छ। पर्याप्त वर्षा नहुँदा मधेस प्रदेशमा अधूरो मात्र धान रोपाइँ भएको छ। रोपाइँ गरिएका धानका बेर्ना वर्षा नहुँदा सुक्न थालेका छन्।

खानेपानी मन्त्री प्रदीप यादवका अनुसार, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ को उपदफा १ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा हुने छ।

“आवश्यक परेमा सो अवधिमा विपद् नियन्त्रण नहुँदा सूचना प्रकाशनमार्फत घोषणा अवधि थप्न सक्ने व्यवस्था पनि ऐनमा छ,” मन्त्री यादवले जानकारी दिए।

यसअघि गत असार २६ गते मधेस प्रदेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *