वीरगन्ज :

रौतहटमा बेवारिसे शव फेला

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.8kViews
1266 Shares

रौतहट,०७ साउन । रौतहटको चन्द्रपुर नगरपालिका–४, टेकान टोलमा आज बिहान एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ।

करिब साढे ६ बजे स्थानीयले करिब ४० वर्ष जतिको उमेरका पुरुष मृत फेला परेको खबर गरेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए।

प्रहरीका अनुसार मृतकको नाम, थर र वतन हालसम्म खुलेको छैन, साथै शव भेटिएको स्थानबाट कुनै पनि पहिचान खुल्ने कागजात फेला परेको छैन। शवको अवस्था हेर्दा केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

हाल घटनास्थल सुरक्षित गरी पोस्टमार्टम र पहिचान प्रक्रिया अघि बढाइएको र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *