श्रेणी : मधेस
      2.8kViews
      
      
      1182
      Shares
      
      
रौतहट,०६ साउन । रौतहटमा करेन्ट लागेर एक किसानको ज्यान गएको छ।
मृत्यु हुनेमा कटहरिया नगरपालिका–२ जमुनियाका ५२ वर्षीय मोक्तार देवान रहेका छन्। मंगलबार दिउँसो आफ्नै खेतमा सिँचाइका लागि जडान गरेको विद्युतीय मोटरको तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
घाइते देवानलाई तत्कालै गरुडा स्थित ग्राण्डी अस्पतालमा उपचारका लागि पुर्याइएको भए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया