वीरगन्ज :

बारामा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.5kViews
1052 Shares

बारा,०६ साउन । नेपाली सेनाले बाराको पचरौता नगरपालिका–७, सखुवास्थित राम मन्दिर परिसरमा फेला परेको शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय पारेको छ।

राम मन्दिरको मठमा बोरा बाँधेर राखिएको अवस्थामा उक्त वस्तु भेटिएपछि मंगलबार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर वस्तुलाई निष्क्रिय गरेको जंगी अड्डाले जनाएको छ।

स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीमार्फत जानकारी गराएको र सेनाले तत्काल घटनास्थलमा पुगेर सुरक्षित रूपमा डिस्पोज गरेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *