वीरगन्ज :

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तासँग अख्तियारको दोस्रो दिन पनि सोधपुछ

श्रेणी : BANNER

8 months
Pradeep Sah
2.8kViews
1631 Shares

काठमाडौं,०६ साउन । घुसकाण्डमा मुछिएर राजीनामा दिएका पूर्वमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो दिन पनि सोधपुछ गरेको छ।

अख्तियारका अनुसन्धान अधिकृतहरूको टोलीले मंगलबार गुप्तासँग बयान लिँदै घुस सम्बन्धी अडियोबारे जानकारी लिएको छ। सोमबारका लागि तय गरिएको बयान प्रक्रिया सारेर मंगलबारका लागि राखिएको अख्तियार स्रोतले जनाएको छ।

स्रोतका अनुसार, गुप्ताको आवाजको नमुना परीक्षण गरिने तयारी गरिएको छ। आजै उनको आवाज रेकर्ड गरेर सामाजिक सञ्जालमा सार्वजनिक भएको घुस सम्बन्धी अडियोसँग मिलान गरिने बताइएको छ।

गत साता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवासँग जोडिएको भनिएको एक बिचौलिया र गुप्ताबीचको संवादको अडियो सार्वजनिक भएपछि गुप्ता चौतर्फी दबाबमा परेका थिए। त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।

अख्तियारले उक्त प्रकरणमा गहिरो अनुसन्धान अघि बढाएको र आवश्यक परे थप कानुनी कारबाहीका चरणहरू पनि अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *