वीरगन्ज :

सबैलाई टिकट दिन सकिँदैन, बुद्धले झैं त्याग गर्नुस्ः गृहमन्त्री खाँण

श्रेणी : BANNER

3 years
birgunj report
112Views
0 Shares

भैरहवा । गृहमन्त्री बालकुष्ण खाँणले बुद्धको शिक्षा आत्मसात् गर्नुपर्ने सबैको दायित्व रहेको बताएका छन् । भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको शनिबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले अहिले निर्वाचनमा उम्मेदवार हुन नेताहरुमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने हुँदा बुद्धले झैं त्याग गर्न पनि आवश्यक रहेको बताए ।

“यो संवेदनशील बेलामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नुपर्ने, नयाँ जनादेशले नयाँ राजनैतिक उचाइ छुनुपर्ने सङ्कल्पमा आफ्नो भूमिकाको खोजी गर्नु स्वाभाविक हो”, उनले भने, “तथापि कहिलेकाहीँ मुलुकका लागि, विचारका लागि एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ ।”

मन्त्री खाँणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने जिकिर गर्दै अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने बताए । मानव जीवनको सुरुवातमा खराबी भएपनि अन्तिममा शान्तिमार्गमा लाग्नुपर्ने बुद्धको शिक्षा अहिले पनि उत्तिकै अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *