वीरगन्ज :

वीरगन्ज भन्सारद्वारा असारमा ९० प्रतिशतभन्दा बढी राजस्व संकलन

श्रेणी : अर्थ

3 months
Pradeep Sah
2.3kViews
1651 Shares

वीरगन्ज,०१ साउन । वीरगन्ज भन्सार कार्यालयले २०८२ असार महिनाको राजस्व संकलनमा उत्साहजनक प्रगति हासिल गरेको छ। कार्यालयले असार ३२ गतेसम्म मासिक लक्ष्यको ९०.१६ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।

यस महिनाका लागि १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँको लक्ष्य राखिएकोमा, कार्यालयले १ अर्ब ७६ करोड ७६ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ । असार मसान्तको अन्तिम दिन हिजो बुधबार एकै दिनमा ११ करोड ८२ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ, जबकि दैनिक औसत लक्ष्य ६ करोड १२ लाख ७० हजार रुपैयाँ रहेको वीरगन्ज भन्सार कार्यलयका प्रमुख दीपक लामिछानेले बताए ।

चालु आर्थिक वर्षको लागि, वीरगन्ज भन्सार कार्यालयले आजसम्म कुल १७ अर्ब ५९ करोड ३६ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ , जुन यस आर्थिक वर्षको लक्ष्य २१ अर्ब ८९ करोड ५५ लाख ९० हजार रुपैयाँको ८०.३५ प्रतिशत हो ।

चालु आर्थिक वर्षको मासिक लक्ष्य र प्रगतिको तथ्याङ्कले राजस्व संकलनमा उतारचढाव देखाउँछ । चैत्र महिनामा १ अर्ब ९३ करोड ७० लाख रुपैयाँको लक्ष्य राखिएकोमा १ अर्ब ५४ करोड ७० लाख संकलन भएको थियो । त्यसैगरी, जेठ महिनामा १ अर्ब ८९ करोडको लक्ष्यमा १ अर्ब ५७ करोड २० लाख रुपैयाँ संकलन भएको थियो । सबैभन्दा बढी संकलन भएको महिनामा २ अर्ब ७ करोड ५० लाख रुपैयाँको लक्ष्यमा १ अर्ब ७८ करोड ४० लाख रुपैयाँ संकलन भएको देखिन्छ ।

राजस्व संकलनमा डिजेलको आयातले प्रमुख भूमिका खेलेको छ । असार ३२ गतेको तथ्याङ्क अनुसार, सबैभन्दा धेरै राजस्व योगदान गर्ने शीर्ष वस्तुहरूमा डिजेल रहेको छ ।

डिजेल २५,००० केएल परिमाणबाट ९ करोड ७४ लाख ३० हजार राजस्व, पेट्रोल ३०० केएल परिमाणबाट १ करोड ६९ लाख राजस्व, पोलीथिन दाना ३६०,००० केजीएम परिमाणबाट ९९ लाख राजस्व, ए.टी.एफ. ७२० केएल परिमाणबाट ९९ लाख राजस्व र एल पि ग्यास ४५३,१९७ केजीएम परिमाणबाट ९१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अन्य महत्वपूर्ण आयातित वस्तुहरूमा तयारी कपडा, अलकत्रा बिटुमिन, बेस आयल, पोलीथिन दाना र काँचको सिसी बोतल लगायतका वस्तुहरू छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *