वीरगन्ज :

सरकारमा जाने हाम्रो प्राथमिकता होइन : उपेन्द्र यादव

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
1.7kViews
1959 Shares

काठमाडौं,३२ असार । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने विषय आफ्नो पार्टीको प्राथमिकता नरहेको स्पष्ट पारेका छन्।

सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलमा यादवले भूमि सम्बन्धी विधेयकमा सुधार गरे मात्र यसलाई अघि बढाउन सकारात्मक हुने धारणा राखेको बताएका छन्।

तर सरकारमा सहभागी हुनेबारे प्रश्नमा यादवले भने, “हामी सरकारमा जाने पक्षमा छैनौं, यो क्लियर कुरा हो। सरकारमा जान हाम्रो प्राथमिकताको विषय होइन।”

भूमि विधेयकका सम्बन्धमा उनले वन मास्ने, सार्वजनिक जग्गा माफियाबाट जोगाउनुपर्ने र रियल स्टेट कम्पनीलाई सजिलै जग्गा दिन नहुने अडान राख्दै सुकुम्बासी समस्या समाधानका लागि थप छलफल आवश्यक रहेको बताए।

सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे यादवले “कार्यसमितिले समर्थन फिर्ता लिइसकेको छ, अब छिट्टै संसदीय दलले निर्णय गर्छ” भनेका छन्।

मधेश प्रदेश सरकारमा सहभागी हुने चर्चा पनि उनले अस्वीकार गर्दै भने, “कांग्रेस, एमाले र जनमतबीच विवाद छ, हाम्रो त्यता ध्यान छैन।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *