वीरगन्ज :

जनमत पार्टीका पूर्वकोषाध्यक्ष सुरेन्द्र यादवमाथि अर्को ठगी मुद्दा

श्रेणी : अपराध

1 year
Pradeep Sah
1.8kViews
1640 Shares

जनकपुर,२८ असार । जनमत पार्टीका निलम्बित पूर्वकोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि फेरि एकपटक ठगी सम्बन्धी अर्को मुद्दा दायर भएको छ। यसअघि पार्टी भवन खरिदका लागि संकलित रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका यादवमाथि अब पार्टीबाहेकका व्यक्तिले पनि ठगीको आरोप लगाएका छन्।

ललितपुर जिल्ला अदालतमा दायर नयाँ मुद्दामा यादवले आर्थिक ठगी गरेको उल्लेख गरिएको छ। सोही मुद्दामा अदालतले उनलाई १ लाख २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। यादवले असार २६ गते धरौटी बुझाई अदालतबाट छुटेका छन्।

यसअघि वैशाख ७ गते सप्तरीबाट पक्राउ परेका यादव र उनकी पत्नी ललिता कुमारी यादवविरुद्ध जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले दिएको जाहेरीका आधारमा ठगीको ठूलो मुद्दा दायर गरिएको थियो। ती मुद्दामा १ करोड ८५ लाख १ हजार रुपैयाँको बिगो उल्लेख गरिएको थियो।

लगातार ठगी आरोपमा मुछिँदै आएका यादव कानुनी प्रक्रियाबाट जोगिन सफल भए पनि विवादको घेराबाट भने नछुटिरहेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *