वीरगन्ज :

मुख्यमन्त्री सिंहद्वारा वातावरणीय सतर्कता र चुरे क्षेत्रको दिगो संरक्षणमा जोड

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
3.0kViews
1818 Shares

जनकपुर,२६ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वातावरणीय असन्तुलन र मौसमको प्रतिकूलता सबैका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन्। उनले यसले प्राकृतिक प्रकोपको जोखिम बढाउने भन्दै चुरे संरक्षणमा तीनै तहका सरकारको साझा प्रयास अपरिहार्य रहेकोमा जोड दिएका छन्।

बिहीबार धनुषाको लालगढमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधामद्वारा आयोजित प्रदेश स्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतरापूर्ण रहेको औंल्याए। उनले चुरे क्षेत्रको मरुभूमीकरण रोक्न र नदीको संरचनाहरूलाई सुरक्षित राख्न वातावरणमैत्री ढंगले नदीजन्य पदार्थको उत्खनन गरिनुपर्नेमा जोड दिए।

साथै, वातावरणमैत्री उत्खननबाट प्राप्त नदीजन्य पदार्थको निर्यात गरी आम्दानी बढाउने दिशातर्फ पनि अग्रसर हुनुपर्ने उनको भनाइ थियो। मुख्यमन्त्री सिंहले प्रदेश सरकार संरचनामा आएपछि आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी ७१.४८ प्रतिशत बजेट खर्च भएकोमा खुसी व्यक्त गरे। यो उपलब्धिका लागि उनले प्रदेश सरकार मातहतका कर्मचारी र सरोकारवाला सबैलाई धन्यवाद दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *