वीरगन्ज :

निजामती विधेयक संशोधन प्रकरणमा कोइरालाको कडा आपत्ति

श्रेणी : प्रदेश

1 day
Pradeep Sah
3.0kViews
1944 Shares

वीरगन्ज,१७ असार । निजामती सेवा विधेयकमा अनधिकृत रूपमा छेडखानी भएको भन्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कडा आपत्ति जनाएका छन्। उनले सर्वसम्मतिबाट संसदमा पेस भएको विधेयकलाई अनधिकृत रूपमा परिवर्तन गर्नुलाई ‘सामान्य घटना नभई देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान’ भएको बताएका छन्।

कोइरालाले विधेयकमा ‘स्वार्थ समूहको प्रलोभनमा परी’ परिवर्तन गर्ने प्रकरणमा जोडिएकाहरूलाई तत्काल हदैसम्मको कारबाहीको माग गरेका छन्। साथै, उनले विधेयकलाई ‘पुरानै अवस्थामा’ फर्काउन पनि जोडदार आग्रह गरेका छन्।

उनले ‘कुलिङ पिरियड’लाई यथावत् नराखेसम्म विधेयकका अगाडिका कामहरू अगाडि बढ्न नदिने चेतावनी समेत दिएका छन्। ‘यस प्रकरणमा जोडिएकाहरूलाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाइ परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाऊँ,’ कोइरालाले भनेका छन्, ‘कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *