वीरगन्ज :

जगरनाथपुर गाउँपालिकामा सार्वजनिक सुनुवाई, नागरिकका गुनासा प्रत्यक्ष सुनियो

श्रेणी : मधेस

13 hours
Pradeep Sah
2.3kViews
1611 Shares

बीरगन्ज,१६ असार । पर्साकाे जगरनाथपुर गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। नागरिकका गुनासा, सुझाव र जिज्ञासा प्रत्यक्ष रूपमा सुनी तुरुन्त सम्बोधन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम गाउँपालिका र सुरक्षा निकायको समन्वयमा सम्पन्न भएको हो।

जगरनाथपुर–३ स्थित गढैया स्कुलको मैदानमा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले स्वागत मन्तव्य राखेका थिए भने गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले कार्यक्रमको अध्यक्षता गरेका थिए।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्सा र गाउँपालिका कार्यपालिकाको कार्यालयको संयुक्त आयोजना थियो।

सार्वजनिक सुनुवाईका क्रममा स्थानीयले प्रशासन, सुरक्षा, सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न राख्दा उपस्थित जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूले प्रत्यक्ष जवाफ दिएका थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमाल, नेपाली कांग्रेसका नेता प्रेम बहादुर थापा, गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडा अध्यक्ष बिहारी मुखिया नुनिया र वीरगन्ज जेसिजका अध्यक्ष सरोज चौरसिया लगायतको उपस्थिति थियो।

कार्यक्रममा स्थानीय बासिन्दा, गाउँपालिका कर्मचारी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पत्रकार क्रान्ति साहले गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *