वीरगन्ज :

वैवाहिक बलात्कार मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना कैद र १ लाख क्षतिपूर्ति भराउने आदेश

श्रेणी : BANNER

11 months
Pradeep Sah
3.1kViews
1380 Shares

जनकपुर,०१ असार । वैवाहिक बलात्कारको मुद्दामा धनुषा जिल्ला अदालतले ऐतिहासिक फैसला सुनाउँदै श्रीमानलाई दोषी ठहर गरेको छ। अदालतले दोषी ठहर भएका व्यक्तिलाई ६ महिनाको कैद सजाय र पीडित श्रीमतीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो।

न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलासले वैवाहिक जबरजस्ती करणी (बलात्कार) अन्तर्गत दोष प्रमाणित भएको ठहर गर्दै शुक्रबार अन्तिम आदेश सुनाएको हो।

पीडित श्रीमतीले २०७९ साल चैत २१ गते अदालतमा मुद्दा दायर गरेकी थिइन्। उनका अनुसार श्रीमानले शारीरिक र मानसिक यातना दिँदै जबरजस्ती करणी गरेका थिए।

मुद्दा २०८० साल साउन २१ गतेदेखि अदालती प्रक्रियामा प्रवेश गरेको थियो। प्रारम्भमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि अनुसन्धानको क्रम, प्रमाण र बहसपछि कुल ३६ वटा पेशी पछि अन्ततः जेठ १३ गते दोषी ठहर गरिएको हो। त्यसपछि जेठ २९ को पेशीमा सजाय निर्धारणका लागि प्रतिवेदन माग गरिएको थियो।

अन्ततः न्यायाधीश वर्देवाले ६ महिनाको कैद र क्षतिपूर्ति स्वरूप एक लाख रुपैयाँ तिराउने आदेश दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *