वीरगन्ज :

खानेपानी संस्थानको सञ्चालक समितिमा मेयर सिंहसहित चार सदस्य नियुक्त

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.3kViews
1092 Shares

बीरगन्ज,०१ असार । नेपाल खानेपानी संस्थानको सञ्चालक समितिमा बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनालाई सदस्यका रूपमा नियुक्त गरिएको छ। खानेपानी, सिँचाइ तथा जलस्रोत मन्त्री प्रदीप यादवको सिफारिसमा जेठ १२ गते सम्पन्न मन्त्रीस्तरीय निर्णयअनुसार नियुक्ति गरिएको हो।

नियुक्त हुनेमध्ये बीरगन्जका मेयर राजेशमान सिंह, पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, जसपाका केन्द्रिय सदस्य मधुमाया यादव, र संघीय परिषद सदस्य मुकेश द्विवेदी रहेका छन्। सिंह, खातुन र द्विवेदी पर्सा जिल्लाका स्थायी बासिन्दा हुन् भने यादव बारा जिल्लाको पकहामैनपुर गाउँपालिका–१ निवासी हुन्।

त्यसैगरी, जसपाकी केन्द्रिय सदस्य मधुमाया यादवलाई खानेपानी मन्त्रालयको अवैतनिक नीति सल्लाहकारमा पनि नियुक्त गरिएको छ। यस नियुक्तिबाट मन्त्रालयको नीति निर्माण तथा परामर्श प्रक्रियामा क्षेत्रीय प्रतिनिधित्व थप मजबुत हुने विश्वास गरिएको छ।

खानेपानीको पहुँच, पूर्वाधार र गुणस्तरमा सुधार ल्याउने लक्ष्यसहित संचालक समितिको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले विविध पृष्ठभूमिका प्रतिनिधिहरूलाई समेटेर समिति पुनर्गठन गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *